काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापनइतर पक्षको बैठक बाेलाएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहकाे छुट्टै बैठक बोलाएका हुन् ।
नेता कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका छन् ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।
०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्नेछ ।
कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया