एकैदिन थपिए डेंगीका ४३३ संक्रमित

एकैदिन थपिए डेंगीका ४३३ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ बिरामी थपिएका छन् । योसँगै यसवर्ष डेंगीका बिरामीको संख्या २७ हजार ९६८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । डेंगीका कारण यो वर्ष १५ जनाको मृत्यु भइसकेको छ ।

हाल देशका पाँचवटा जिल्लामा डेंगी संक्रमितकोको संख्या ५०० भन्दा माथि रहेको छ ।

यसवर्ष कोसी प्रदेशमा २० हजार ९२४, मधेस प्रदेशमा ५६४, वाग्मती प्रदेशमा चारहजार २४६, गण्डकी प्रदेशमा ८७९, लुम्बिनी प्रदेशमा ४६८, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ८१३ जनालाई डेंगी भएको छ ।