संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।