कैलाली । टीकापुर घटनाको अभियोगमा कैलाली कारागारमा रहेका तीनसहित ९ जनालाई आममाफी दिँदै रिहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका उनीहरूलाई रिहा गरिएको हो ।
रिहा हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस वडा नम्बर ४ का प्रदीप चौधरी र हरिनारायण चौधरी रहेका छन् ।
उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी लगायत प्रदेशसभा सदस्य, उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर स्वागत गरे ।
कैलाली कारागारबाट अन्य ६ जना कैदी पनि आममाफी पाएर रिहा भएका छन् ।
प्रतिक्रिया