एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, शत प्रतिशत क्यास ब्याकको सुविधा

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, शत प्रतिशत क्यास ब्याकको सुविधा



काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड असोज ०४, २०८० मा सार्वजनिक गरिएको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ ।

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।