सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न बैठक आह्वान

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न बैठक आह्वान


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूलाई बैठक बोलाएको छ।

यसअघि भएको सहमतिअनुसार बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए।

अहिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आन्दोलनरत शिक्षकहरूसँग वार्तामा छन्। यो वार्तापछि आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी छ। यसअघि प्रमुख दलहरुबीच सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति भएको थियो।