कोशीमा काँग्रेसइतर पक्षबाट संसदीय दलका नेता थापाको राजीनामा माग

कोशीमा काँग्रेसइतर पक्षबाट संसदीय दलका नेता थापाको राजीनामा माग


ग्लोब नेपाल
14.1k
Shares

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ । दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने नेताहरूको माग छ ।

काँग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापनइतर समूहका नेता केदार कार्कीले दलका नेता उद्धव थापाले नैतिकताका आधारमा निकास दिनुपर्ने बताए । थापा काँग्रेसभित्र कृष्णप्रसाद सिटौला निकट नेता हुन्, तर पछिल्लो समय संस्थापन समूहको पनि उनलाई साथ छ ।

कार्की भने डाक्टर शेखर कोइरालाको समूहका हुन् । १५ पुस २०७९ मा भएको संसदीय दलको नेताको निर्वाचनमा थापा १८ मतसहित विजयी हुँदा कार्कीले ९ मत ल्याएका थिए । २१ भदौमा सर्वोच्च अदालतले थापालाई दोस्रो पटक मुख्यमन्त्रीबाट पदमुक्त गरेको थियो, त्यसयता दलको बैठक बसेको छैन ।