शेफिल्डको फोस्टमा न्यूक्यासलको ८ गोल

शेफिल्डको फोस्टमा न्यूक्यासलको ८ गोल


ग्लोब नेपाल
54
Shares

लन्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामलाई ३–१ गोलअन्तरले हराएको छ। आइतबार राति लिभरपुलको एनफिल्ड रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीविरुद्ध सहज जित दर्ता गरेको हो।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले १६ औँ मिनेटमै पेनाल्टीको अवसरमा गोल गरे। तर वेस्ट ह्यामका जारोड बोवेनले गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरी भएको थियो। दोस्रो हाफको ६० औँ मिनेटमा डार्बिन नुनेज र ८५ औँ मिनेटमा डियोगो जोटाले गोल गरेपछि लिभरपुलले जित हात पारेको हो।

यो जितपछि अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको लिभरपुलको १६ अंक छ। पराजित वेस्ट ह्याम १० अंकका साथ सातौँ स्थानमा छ।

आइतबार राति नै भएका अन्य खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई ८–० गोलअन्तरले हराएको छ। त्यसैगरी, ब्राइटनले बर्नमाउथलाई हराउँदा आर्सनल भने टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको छ। गएराति नै १० खेलाडीमा समेटिएको चेल्सी भने एस्टन भिल्लासँग १–० ले पराजित भएको छ।

यो सप्ताहन्तको खेलपछि टोटेनहम चौथो, आर्सनल पाँचौँ र चेल्सी १४ औँ स्थानमा छ। न्युकासल भने आठौँ स्थानमा उक्लिएको छ।