काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउँन १६ औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे । यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।
नेपाललाई अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० ले हार ब्यहोरेको थियो । माल्दिभ्सले भने पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो ।
माल्दिभ्स भने कम्तीमा बराबरीको नतिजामा सेमिफाइनल पुग्न सक्छ । समूह एबाट पाकिस्तान ४ अंक सहित सेमिफाइनल प्रवेश गरिसकेको छ । माल्दिभ्सको १ अंक छ । नेपाल अंक विहीन छ ।
समूह बीमा भारत र भुटान सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह विजेता बन्न अन्तिम खेलमा साँझ साढे ५ बजे दशरथ रंगशालामा भिड्दैछन् । समूह बीबाट बंगलादेश बाहिरिसकेको छ ।
प्रतिक्रिया