गैरकानुनी सम्पत्ति आर्जनमा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

गैरकानुनी सम्पत्ति आर्जनमा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर



काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री थिए । उनी पूर्वसचिवसमेत हुन् ।

२०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।

पूर्वसचिव श्रेष्ठ तत्कालीन माओवादीको कोटाबाट खिलराम रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री भएका थिए । उनी गोरखाको आरुघाटमा प्रचण्डसँगै शिक्षक रहेको कारण माओवादीसँग निकट भएर मन्त्री बन्न सफल भएका थिए ।