लोसपाको केन्द्रीय समिति पुनर्गठन, शीर्ष नेताका परिवार बने पदाधिकारी

लोसपाको केन्द्रीय समिति पुनर्गठन, शीर्ष नेताका परिवार बने पदाधिकारी

पदाधिकारी ६३, केन्द्रीय समितिमा ३११ जना (सूचीसहित)



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

लोसपाले पार्टी दर्ता भएको दुई वर्षपछि केन्द्रीय समिति विस्तार गरेको हो । विस्तारसँगै लोसपाले नेताहरुलाई जिम्मेवारी पनि दिइएको छ ।

लोसपाको अध्यक्षमा महन्थ ठाकुर रहेका छन् । राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीनजनाले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् ।

वरिष्ठ सहअध्यक्षको जिम्मेवारी सर्वेन्द्रनाथ शुक्लालाई दिइएको छ । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ६ जनाले पाएका छन् ।

पार्टीको उपाध्यक्ष १५, महासचिव १६ जना रहेका छन् । यस्तै, सहमहासचिव आठ जना, सचिव ११ जना तथा प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना रहेका छन् ।

प्रतिनिधि सभामा ४ सीट रहेको लोसपाका शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् ।

पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् ।

त्यसैगरी, बरिष्ठ नेता महतोले पनि ज्वाइ अनिल महासेठलाई महासचिव बनाएका छन् । अर्का वरिष्ठ नेता भण्डारीले छोरी सृष्टिलाई सचिव बनाएका छन् । भण्डारीले निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् ।