कांग्रेसले बनायो नीति अधिवेशन लक्षित चार समिति

कांग्रेसले बनायो नीति अधिवेशन लक्षित चार समिति



काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरमा गर्ने महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउने भएको छ ।

महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउँदै कांग्रेस रुपान्तरणको लक्ष बनाएको कांग्रेसले आयोजक समिति समेत गठन गरेको छ । केन्द्रीय समिति बैठकले सोमबार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो ।

यसबाहेक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको नीतिसम्बन्धी प्रतिवेदन तयार पार्ने समिति, महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव समिति गठन भएको छ ।

कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ ।

बैठकले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शुक्रबार गरेको निर्णयलाई लिपिबद्ध गर्ने छ । कांग्रेसले शिक्षा विधेयकमा संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता जनाएको थियो ।

साउन पहिलो साता बसेको बैठकले सरकारलाई दिएको सुझाव कार्यान्वयन नभएकोबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संविधान कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा अविलम्ब गर्ने कांग्रेस बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै प्रदेशहरुमा मन्त्रालय नबढाउन निर्देशन गर्ने निर्णय भएको छ ।