नेपालले ‘ताइवान स्वतन्त्रता’ को समर्थन नगर्ने

नेपालले ‘ताइवान स्वतन्त्रता’ को समर्थन नगर्ने



काठमाडौं । नेपालले ‘ताइवानको स्वतन्त्रता’ को समर्थन नगर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको बेला मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

“चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी स्वीकार गर्दै नेपाली पक्ष ‘ताइवानको स्वतन्त्रता’ को विरुद्धमा छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाली पक्षले एक चीन नीतिप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्‍याएको समेत उल्लेख छ । नेपालले तिब्बत मामिला चीनको आन्तरिक मामिला भएको भन्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्‍याएको छ ।

त्यसैगरी संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ ।

सन् २०१७ को मे १२ मा बीआरआईमा नेपालले हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म बीआरआई कार्यान्वयन योजनामा सम्झौता नभएका कारण यस अन्तर्गत कुनै पनि परियोजना अगाडि बढ्न सकेका छैनन् ।

संयुक्त विज्ञप्तिको पूर्णपाठ :