एमाले बागमतीकाे अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

एमाले बागमतीकाे अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी



काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा वचन देउजा रहेका छन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।

उम्मेदवारी मनोनयनको क्रम साँझ ६ बजे सम्मलाई तोकिएको छ । मतदान बिहीबार हुँदैछ । यसअघि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका कृष्णभक्त पोखरेल, सानु श्रेष्ठ र केशवराज पाण्डेले भने यो समाचार तयार पार्दासम्म मनोनयन दर्ता गरिसकेका छैनन् ।