कांग्रेस फिदिम नगर सभापति गुरुङ ३ वर्षका लागि निलम्बित

कांग्रेस फिदिम नगर सभापति गुरुङ ३ वर्षका लागि निलम्बित


ग्लोब नेपाल
945
Shares

काठमाडौं । नेपाली कांग्रेस पाँचथर जिल्ला फिदिम नगर सभापति प्रकाश गुरुङलाई ३ वर्षका लागि साधारण सदस्यसमेत नरहेन गरी पार्टीले कारबाही गरेको छ । पार्टी अनुशासन कमिटीले गुरुङलाई ३ वर्षका लागि निलम्बन गरेको हो । उनीसँग अडियो संवाद गर्ने जिल्ला कार्यसमितिका सहसचिव सन्तोष श्रेष्ठलाई सचेत गराउने निर्णय कमिटीले गरेको छ ।

कांग्रेस पाँचथरका सहसचिव श्रेष्ठ र सोही पार्टीका फिदिम नगर सभापति गुरुङबीचको वार्तालाप भएको अडियो सार्वजनिक भएको थियो । श्रेष्ठ (भाञ्जा) र गुरुङ (मामा) बीचको सो वार्तालापमा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले २ करोड रुपैयाँ तिरेर नगर प्रमुखको टिकट लिएको कुरा गरिएको छ । काफ्लेमार्फत २ करोड रुपैयाँ श्रेष्ठले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई बुझाएको वार्तालापको अडियो सार्वजनिक भएको थियो ।

अडियोको सत्यतथ्य छानबिनपछि अनुशासन कमिटीले नगरसभापति गुरुङलाई कारबाही र श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जनाएको छ ।