दोलखाको सिँगटीबाट ४ किलो सुनसहित ३ जना पक्राउ

दोलखाको सिँगटीबाट ४ किलो सुनसहित ३ जना पक्राउ


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । दोलखाको लामा बगर क्षेत्रबाट प्रहरीले बुधबार राति चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रूपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो ।

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

उनकाअनुसार ठूलो परिमाणमा पैदल मार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो । चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।