प्रधानमन्त्री प्रचण्ड मानसराेवरमा

प्रधानमन्त्री प्रचण्ड मानसराेवरमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार कैलाश पर्वत र मानसरोवर पुगेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड हिजाे बुधवार तिब्बतको ल्हासा गएका थिए । उनी ल्हासाकाे गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुगेका हुन् ।

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् । आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्ने छन् । हिजो ल्हासामा प्रधानमन्त्री प्रचण्ड विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए ।

गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उनी भोलि ल्हासा फर्कने बेलुका सिचुआन प्रान्तको राजधानी छेन्दु पुग्नेछन् । प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।