नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा घिमिरे निर्विरोध

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा घिमिरे निर्विरोध


ग्लोब नेपाल
135
Shares

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन्। संघको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट घिमिरे निर्विरोध निर्वाचित भएका हुन्।

उनी एभरेस्ट ग्यास संसारका अध्यक्ष हुन्। एसजी ग्रुपका अध्यक्ष घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति समेत हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल तथा महासचिवमा जितबहादुर कार्की चयन भएका छन्। यस्तै सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जजोदिया चयन भएका छन्।

सदस्यमा सुनील सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र वुद्धि डल्लाकोटी निर्वाचित भएका छन्। मनिषकुमार जोशी र निर्मलकुमार खत्री क्षत्रीलाई सदस्यमा मनोनित गरिएको छ।