विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानको नाममा कोशी प्रदेशमा एमालेविरुद्व षड्यन्त्र भएको बताएका छन् । एमाले कोशी प्रदेश अधिवेशन उद्घाटनमा बोल्दै पोखरेलले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताए ।
कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको दावी गर्दै पोखरेलले पहिचानको नाममा एमालेविरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न आग्रह गरे ।
‘अतिवाद निम्त्याएर एमालेलाई पहिचानविरोधी पार्टीको रूपमा स्थापित गर्न खोजिएको छ,’ पोखरेलले भने, ‘एमाले सबै जात जाति र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’
प्रतिक्रिया