काठमाडौं । प्रहरीले दोलखाको लामाबजारबाट थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट चार केजी सुन बरामद भएको दोलखा प्रहरीले जनाएको छ ।
यसअघि अघिल्लो साता सोही स्थानबाट ७ किलो सुन बरामद भएको थियो । सो सुन एउटै तस्करीको भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । आज बरामद भएको सुन पनि सोही तस्करीको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया