माओवादीका अमरगढी नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग

माओवादीका अमरगढी नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग



डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्र अमरगढी नगरसमितीमा काम गर्दै आएका यादवप्रसाद ओझाले विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जनाएका छन् ।

उनले माओवादी केन्द्रको सक्रिय सदस्य, अमरगढी नगरकमिटी अध्यक्षको रूपमा काम गरिरहेको जनाउँदै आजकै मितिबाट लागू हुनेगरी पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

‘मैले पार्टीको सदस्यको रुपमा पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियतापूर्वक अगाडि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेँ । तर, अब उपारान्त पार्टीमा नरहेको कुरा जानकारी गराउँछु,’ विज्ञप्तिमा उनले भनेका छन् ।

विविध व्यक्तिगत कारणबस्  नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उनको भनाइ छ ।