ट्रकले ठक्कर दिँदा दुईजना विद्यार्थीको मृत्यु

ट्रकले ठक्कर दिँदा दुईजना विद्यार्थीको मृत्यु


ग्लोब नेपाल
54
Shares

धादिङ । पृथ्वी राजमार्गको गजुरी गाउँपालिकास्थित मजुवामा भएको सवारी दुर्घटनामा परी दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुको नाम नखुले पनी दुवैजना बागेश्वरी उच्च माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत् छात्रहरु हुन् । काठमाण्डौबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २-००१ ख ८७१३ नम्वरको ट्रकले ठक्कर दिंदा उनिहरुको मृत्यु भएको हो ।

ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा उनिहरुलाई किचेको राजमार्ग प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको पनी धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् । दुर्घटनापछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन् ।