सिक्किममा बाढीले बगाउँदा २३ सैनिक वेपत्ता

सिक्किममा बाढीले बगाउँदा २३ सैनिक वेपत्ता



काठमाडौं । भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको भारतीयले बताएकाे छ ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।