कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने



विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् । 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ । 

२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । उनी मुख्यमन्त्री नियुक्त भएको २० असोजमा ३० दिन पुग्दैछ । 

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वत: पदमुक्त हुनेछन् । उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।