धनगढी । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रचण्डले अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् ।
पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।
तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने बताएका छन् ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको थियाे ।
प्रतिक्रिया