काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको शो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् । हिजो साँझ काठमाडौंमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भएपछि आफुले सोचे झै भएको बताएका हुन् ।
‘कहिलेकाहीं यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’
सो कार्यक्रमा ओलीसहित पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरुको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्केपछि आज बिहान ओलीले लेखेका छन, ‘मदनकृष्णको मुडसँगै महत्वपूर्ण भेटघाटको पनि अवसर जुर्यो, शुभ बिहानी ।’


प्रतिक्रिया