काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज साेमबारदेखि पारिवारिक इजलास शुरु भएको छ ।
सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गर्न पाउँदा खुशी लागेको बताए । उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरूपण गर्न सहज हुने विश्वास व्यक्त गरे ।
प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुङ्ग्याउने भन्दै आउँदा दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास विस्तार गर्ने बताए । पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरूले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्न उनकाे आग्रह छ ।
मुद्दाको चापलाई हेरेर आउँदा दिनमा माना चामल मुद्दा, सम्बन्धविच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरूपण प्रधानन्यायाधीशले बताए ।


प्रतिक्रिया