राउत क्षत्री सेवा समाजको नयाँ कार्यसमितिमा को–को ?

राउत क्षत्री सेवा समाजको नयाँ कार्यसमितिमा को–को ?


ग्लोब नेपाल
4k
Shares

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको केन्द्रीय अध्यक्षमा अस्मिनकुमार राउत चयन भएका छन् । समाजको १५औं साधारणसभा तथा सातौं अधिवेशनले अस्मिनको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको सह–अध्यक्षद्वयमा हरिकृष्ण राउत र नेत्रबहादुर राउत रहेका छन् । तीन उपाध्यक्षमा मेघबहादुर राउत, गोविन्द राउत र श्याम राउत रहेका छन् । त्यसैगरी सभाले महासचिवमा इराजकुमार राउत, सचिवमा धनबहादुर राउत (रोशन) र सहसचिवमा मनोजकुमार राउतलाई चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा प्रद्युम्न राउत चयन भएका छन् भने सह–कोषाध्यक्षमा इन्द्रबहादुर राउत चयन भएका छन् ।

सभाले सदस्यहरुमा सुदर्शन राउत, मोहनबहादुर राउत, राजु राउत, सुजन राउत, हरेराम राउत, गौरी राउत, पुष्प राज राउत, सुवास राउत, मिरन राउत, दौलत विक्रम राउत, भद्राकुमारी राउत, भवानी राउत, रामचन्द्र राउत, उर्मिला राउत, गोशन बहादुर राउत, लोक बहादुर राउत, इन्दिरा कुमारी राउत, तारादेवी राउत, ममता ठकुरी राउत चयन गरेको छ । नयाँ कार्यसमितिका सबै पदहरुमा सर्वसम्मत भएका थिए ।

पूर्व सांसद विष्णुबहादुर राउतको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त सभा समाजका अध्यक्ष ई. भगवानबहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा गएको बर्ष विद्यावारिधि गर्ने दुई जनासहित एसईई देखि पीएचडीसम्म गरी २२ जना राउतका छोरा छोरीलाई ‘शैक्षिक सम्मान २०८०’ ले सम्मान गरिएको थियो ।

सभाले विधानलाई समयसापेक्ष संसोधन गर्ने, समाजको कामलाई थप प्रभावकारी बनाउन विभिन्न विभागहरु गठन गर्ने, गठन नभएका राउत समाजको जिल्ला समिति गठन गर्ने, गरिब, विपन्न र असहायलाई सहयोग गर्न कोषको रकममा उल्लेख्य बृद्धि गर्ने, जेष्ठ नागरिक राउत बन्धुहरुको हितमा विशेष कार्यक्रम ल्याउने, बंशाबलीलाई संसोधन गरी पुनः प्रकाशित गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेको छ ।

समाजले प्रत्येक नयाँ बर्षमा स्मारिका र भित्तेपात्रो क्यालेण्डर प्रकाशित गर्ने, तीजमा छोरी, बुहारी र भान्जिहरुलाई भेला गरी तीज विशेष कार्यक्रम आयोजना गर्ने, दीपावलीमा देउसी भैलो तथा मनारोञ्जनात्मक जस्ता कार्यक्रम गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष अस्मिनकुमार राउतले देश विदेशमा रहेका बन्धुहरुलाई संगठित र एकताबद्ध गर्दै समाज स्थापनाको उद्देश्य पूर्तिमा नयाँ कार्यसमितिले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘बशिष्ठ गोत्रिय राउत बन्धुहरु एक होऔं, धर्म, परम्परा, र संस्कृतिको जगेर्ना गरौं’ भन्ने नाराका साथ २०६३ सालमा स्थापना भएको समाज देश विदेशमा रहेका ४ लाख बढी बशिष्ठ गोत्रिय राउत बन्धुहरुको केन्द्रीय छाता संस्था हो । समाजमा हाल १००० भन्दा बढी आजिवन सदस्य रहेका छन् भने समाजको केन्द्रीय कार्यालय आफ्नै सुविधा सम्पन्न भवन आरुवारी काठमाडौंमा रहेको छ ।