एमाले मधेश अधिवेशन: सहमति नजुटे निर्वाचन

एमाले मधेश अधिवेशन: सहमति नजुटे निर्वाचन


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेकपा (एमाले) को मधेस प्रदेश अधिवेशनमा बिहीबारबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । बन्दसत्र सकिएसँगै नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको नेताहरुले जनाएका छन् । बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

अधिवेशनका लागि १ हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्जसमेत योगेश भट्टराईले जानकारी दिए ।

एमाले मधेस प्रदेश कार्यालयका उपसचिव फरमुद नदाफले पार्टीका उपलब्ध शीर्ष नेताहरूको बैठक बसेर सहमतिको प्रयास गर्ने सहमति नजुटे निर्वाचन प्रकृयामा जाने जानकारी दिए ।

ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू बसेर सर्वसहमतिको प्रयास गर्ने तयारी रहेको छ ।