काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति सिन्धुलीका अमर घलान रहेको खुलेको छ ।
उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहिबार गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
उनी विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइके भएको प्रहरी स्रोतको भनाइ छ ।
उनले विभिन्न ठाउँमा गोली नै चलाएको खुलेको प्रहरीले बताएकाे छ । प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ ।
उनको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद भएको प्रहरीको दाबी छ ।


प्रतिक्रिया