विराटनगर । कोशी प्रदेशकाे मुख्यमन्त्रीमा दोहोरो दाबी परेकाे छ ।
माओवादी र कांग्रेस संस्थापन पक्ष माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।
आङ्बोले बुझाएको हस्ताक्षरमा कांग्रेसका इतरसमूहका ८ जना सांसदको समेत हस्ताक्षर प्रयोग गरिएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् ।
कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् । उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् ।
प्रतिक्रिया