सांसदहरुको स्वतन्त्रताको उपयोग गरेँ : केदार कार्की

सांसदहरुको स्वतन्त्रताको उपयोग गरेँ : केदार कार्की



विराटनगर । कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् ।

प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको जिकिर छ ।

‘निर्णय त यहाँको संसदीय दलमा गर्नुपथ्र्यो, निर्णय यहाँ प्रदेशले गर्नुपथ्र्यो, केन्द्रले त केन्द्रको कुरा गर्ने हो । हाम्रो दलमा पनि निर्णय भएको छैन, कतै पनि केही भएको छैन’, कार्कीले भने, ‘सबै इन्डिभिजुअल सांसदलाई छोडिदिएको छ, हामीले त्यसको उपयोग गरेका हौं ।’

कार्कीले बिहीबार नेपाली कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् ।

कांग्रेसले गरेकाे माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै ८ प्रदेशसभा सदस्यले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हुन् ।

कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत ल्याएका थिए ।

त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले भने अहिले हस्ताक्षर गरेरन् ।

संविधानको धारा १६८ (५) मा सांसदहरुलाई दलको ह्वीप नलाग्ने र यो उपधारा अनुसार कसैलाई समर्थन गरेका कारण कारबाही पनि भोग्नुनपर्ने कार्कीले बताएका छन् ।