विराटनगर । कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन् ।
बिहीबार नै नेकपा एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुत्तीको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।
कोशी प्रदेशको मुख्यमन्त्रीकोलागि संविधानको धारा १६८ (५) अनुसार गठबन्धनको तर्फबाट इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले सत्ता गठबन्धनको निर्णय भन्दै कांग्रेसका ९ जना सदस्यको पुरानो हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखले दुई जनाको दाबी पेस भएपछि आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए ।
प्रतिक्रिया