काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे ।
‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु । बेला-बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु । त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने ।
कोसी प्रदेशको राजनीतिक घटनाक्रमलाई संकेत गर्दै उनले पार्टीलाई माओवादीकरण, एमालेकरण र राप्रपाकरण हुन नदिने बताएका छन् ।
उनले कांग्रेसलाई कांग्रेसनै बनाउने भन्दै नयाँ पुस्ताको भविष्य कांग्रेसलाई बनाउने धारणा राखे । “कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ,” थापाले भने ।
उनले पार्टीमा आफू कहिलेकाही घेराबन्दीमा पर्ने गरेको भन्दै पार्टीलाई विधिसम्वत् चलाउन लागिरहने बताए ।


प्रतिक्रिया