प्रतिनिधिसभा सदस्य सुनिल शर्मा पनि काेशी प्रदेश प्रमुखकोमा

प्रतिनिधिसभा सदस्य सुनिल शर्मा पनि काेशी प्रदेश प्रमुखकोमा



विराटनगर । शेखर कोइराला पक्षका काेशी प्रदेशका सांसद केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाव दिन कोशी प्रदेश प्रमुखको कार्यालय पुगेका ४७ सांसदको हुलमा प्रतिनिधिसभा सदस्य सुनिल शर्मा पनि मिसिएका छन् ।

कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेका ३९ सहित कोइराला पक्षका ८ सांसदको हस्ताक्षर बुझाएपनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै ४७ सांसद शशरिर मुख्यमन्त्रीको कार्यालय पुगेका हुन् । सोही हुलमा सांसद शर्मा पनि मिसिएका हुन् ।

यता कांग्रेसको संसथपन पक्षले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेकाले प्रदेश प्रमुखले कुनै निर्णय गरिसकेका छैनन् । एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका थिए ।