काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने बताए । ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो । भोलि उहाँ बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौं,’ उनले भने ।
कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन् ।
कोइरालाले कांग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रहलाई अस्वीकार गरेकाे बताइएकाे छ ।
कांग्रेसले कोशी घटनाबारे छलफल गर्न आकस्मिक रूपमा कार्यसम्पादन समिति बैठक बोलाएको थियो ।


प्रतिक्रिया