धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ ।
कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड सोमबार कैलालीको लम्कीमा माओवादी सुदूूरपश्चिमका उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउन सुदूरपश्चिम गएका थिए ।


प्रतिक्रिया