कांग्रेस र एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने–अझै मिलाइ-मिलाइ ठोक्नु छ

कांग्रेस र एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने–अझै मिलाइ-मिलाइ ठोक्नु छ



धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेप्रति लक्षित गर्दै अझै मिलाइ-मिलाइ ठोक्ने बताएका छन् ।

सोमबार सुदूरपश्चिमको धनगढीमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले संसदीय अंकगणितमा समाजवादी मोर्चा निकै कमजोर भएकाले सरकारको नेतृत्व लिन सजिलो नभएको बताए । समाजवादी मोर्चामा रहेका चार दलमध्ये तीन दल सरकारमै रहेकाले काम गर्न अप्ठ्यारो भएको उनले बताए ।

‘मोर्चामा आबद्ध चार दललाई काम गर्न सजिलो छैन । विप्लवजी सरकार बाहिर रहेकाले बोल्ने स्वतन्त्रता छ । अलिअलि लड्ने स्वतन्त्रता छ’, सोमबार सुदूरपश्चिमको धनगढीमा भएको मोर्चाको सभामा उनले भने, ‘हामी मिल्दा जम्मा ५४ सिट हो । कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरू ठोक्नोस् बेसरी ठोक्नोस् भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने आफैतिर उल्टिने खतरा छ । यो कुरा पनि तपाई बुझ्न जरुरी छ । बडो मिलाइ मिलाई ठोक्नु छ अझै ।’

ठूलो पार्टीभित्र डाइनामीक फरक–फरक देखिएकाले सदुपयोग गर्न सके फाइँदा हुने उनले जिकिर गरे ।