विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताइन् ।
बुधबार बसेको बैठकमा कार्कीले विश्वासको मत लिन प्रस्ताव गरेका छन् । बैठक जारी छ ।
“दलीय हैसियत नदिइ कोशी नामाकरण भएको थियो । समर्थन गरेनौँ । पहिले पनि सरकारलाई समर्थन गरियो यो पटक पनि गर्छौँ,” लिम्बूले भनिन् ।
मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने हुँदा प्रदेश सभा बैठक जारी छ ।
कोशीको प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् ।
राप्रपाले भने कार्कीको विपक्षमा मत दिने भएको छ । राप्रपासँग ६ जना सांसद छन् ।
प्रतिक्रिया