दशैं विदाको एक दिनअघि निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी

दशैं विदाको एक दिनअघि निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी

निर्माण उद्यमी र मजदुरको दशैं खल्लो !


ग्लोब नेपाल
2.9k
Shares

काठमाडौं । दशैंको विदा हुनभन्दा एक दिन अघि सरकारले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी गर्ने निर्णय गरेको छ । गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको हो ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दशैं अघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयको भनाइ छ ।

दशैंअघि सरकारी कार्यालय भोलि शुक्रबार एक दिन मात्र खुल्ला रहन्छ । सम्बन्धित मन्त्रालयका कर्मचारी दशै मनाउन हिडिसकेका छन् । त्यसपछि दशैं विदा सकिएपछि कार्तिक १० गते शुक्रबार मात्र कार्यालय खुल्छ । १२ गतेभन्दा अगाडि कार्यालयमा कर्मचारी भेटिने सम्भावना देखिँदैन । निर्माण व्यवसायीको भुक्तानी रोकिएकाले हजारौं निर्माण मजदुरको दशैं खल्लो हुने अवस्था सिर्जना भएको छ ।

सरकारले निर्माण व्यवसायीको खातामा भोलि नै भुक्तानी पठाउँला तर मजदुर र निर्माण उद्यमीले दशैं अगाडि भुक्तानी पाउने सम्भावना देखिँदैन । दायित्व सिर्जना भइसकेपछि भुक्तानी दिने निर्णय अर्थमन्त्रालयले समयमै गरेको भए देशकै अर्थतन्त्र थप चलायमान हुने जानकारहरु बताउँछन् ।