पार्टीका नेता तथा सांसदलाई रास्वपाको निर्देशन- दसैँमा उपहार नलिनू

पार्टीका नेता तथा सांसदलाई रास्वपाको निर्देशन- दसैँमा उपहार नलिनू



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दसैँमा उपहार नलिन नेता तथा सांसदलाई सचेत गराएको छ ।

रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा केन्द्रीय नेता र सांसलाई भनिएको छ, ‘आफ्ना निकटतम परिवारजनबाहेक अन्य कुनै पनि व्यक्ति तथा संस्थाबाट कुनै पनि किसिमको उपहार नलिने ।’

कूटनीतिक नियोगका अधिकारीहरूसँगको शिष्टाचार भेटमा आआफ्नो मुलुकको पहिचान झल्काउने मायाको चिनो वा कुनै राष्ट्रिय अवसरमा कुनै व्यक्ति संस्था वा अन्तर्राष्ट्रिय नियोगहरूबाट सन्देशमूलक पत्र वा कार्ड वा सामान्य मायाको चिनो लिन दिन सकिने विज्ञप्तिमा भनिएको छ ।