ओखलढुङ्गा चिसम्खुगढी गाउँपालिका पाखेमा ४५ बर्षदेखि सामूहिक टीका ग्रहण

ओखलढुङ्गा चिसम्खुगढी गाउँपालिका पाखेमा ४५ बर्षदेखि सामूहिक टीका ग्रहण


ग्लोब नेपाल
3k
Shares

ओखलढुङ्गाको चिसम्खुगढी गाउँपालिका अन्र्तगतको पाखेमा कुशमण्डा देविको पूजा पश्चात मन्दिरमा जम्मा भएर सामूहीक रुपमा टीका लगाएर दशै मनाउँछन् । नवरात्र भर कुशमण्डा देविका सामूहीक पुजा पाठ पश्चात गाउँ भरीका मानिसहरु जम्मा भै टीका लगाउँछन ।

गाउँको मध्ये भागका अवस्थित मन्दिरमा गाउँका वुढा पाका , युवा, बाल बालिका सबैको उपस्थिति हुने गरको छ । वि.स. २०३५ साल देखी सामुहिक टीका को परम्परा शुरु गरीएको यस गाउँमा लामा कार्की, मुडुला कार्की , कटुवाल एवं वस्नेत परीवार समुहीक रुपमा दशैं लाई एकै ठाउँमा मनाउँछन् । देवि मन्दिरको नवरात्रको पूजा पाठमा कुनै एक थरीलाई जुठो सुतक परेमा अन्य जातिबाट नियमित पूजा पाठ गर्ने र परम्परालाई निरन्तरता दिने गरका छन् ।

देवि मन्दिरमा यसरी समुहीक टीका ग्रहण गर्नाले आपसी भाईचार बढने भएको हुँदा यो परम्परा एकदमै राम्रो छ । तर गाउँ घरबाट बसाई सराई सँगै पुरानो रौनक छैन ।