त्रिदेशीय ट्वान्टी–२० शृंखला : फाइनलमा नेपालले युएईसँग भिड्ने

त्रिदेशीय ट्वान्टी–२० शृंखला : फाइनलमा नेपालले युएईसँग भिड्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका निम्ति नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्ने भएको छ । बुधबार भएको लिग चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा यूएईले तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

नेपालले भने यसअघि नै लिग चरणका खेलमा शतप्रतिशत नतिजासहित फाइनलको यात्रा तय गरिसकेको छ । शृंखलाको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । हङकङ तालिकाको पुछारमा रह्यो । यूएई र हङकङले समान दुई अंक जोडे । नेपालले चार खेलबाट आठ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो ।