दसैंमा ताप्लेजुङका किसानलाई अलैंची टिप्ने चटारो, बगानमै दसैंको भाले काटेर खाए

दसैंमा ताप्लेजुङका किसानलाई अलैंची टिप्ने चटारो, बगानमै दसैंको भाले काटेर खाए


ग्लोब नेपाल
0
Shares

ताप्लेजुङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूणर्िमाका दिनसम्म जारी रहन्छ ।

तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका-६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्केका छैनन् ।

फक्ताङलुङ गाउँपालिका-५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।

फक्ताङलुङ-५ तामावाका पूणर् लिम्बू पनि अलैँची बगनमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् ।

अलैंची सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताउनुभयो । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा-६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएनन् ।