अर्ना बियरले टी-२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

अर्ना बियरले टी-२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने



काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यसैगरी बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

टी–२० विश्वकपको एसिया छनोट भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।