काठमाडौं । टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा सोमबार नेपालले सिंगापुरलाई पराजित गर्दै सुखद् सुरुवात गर्दा नेपालका ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे ।
१४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि उनले सर्वाधिक स्कोर बनाउनेक्रममा ४८ बलमा ७४ रन बनाए । उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । नेपालको सहज जितमा उत्कृष्ट ब्याटिङ गरेका उनी प्लेयर अफ द म्याच भए ।
उनले दिमाग खराब प्लेयर अफ द म्याच पुरस्कार प्राप्त गरे । सँगै उनले दिमाग खराब उत्कृष्ट शटको पुरस्कार पनि जिते । म्यादन अफ द म्याचमा ५० हजार नगद र उत्कृष्ट शटमा १० हजार रुपैयाँ नगद पाए ।
यस्तै अर्ना बियरले प्रायोजन गरेको एक रन बराबर एक हजार रुपैयाँको पुरस्कारमा पनि सर्वाधिक पुरस्कार भुर्तेलले नै जिते । उनले अर्ना बियरका तर्फबाट ७४ रन बनाएकाले ७४ हजार पुरस्कार जिते । दुई छक्का प्रहार गरेका उनले ४० हजार र ८ चाैका प्रहार गरेका उनले ८० हजार थप पाए । यसरी आजको खेलमा भुर्तेलले २ लाख ५४ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
प्रतिक्रिया