माओवादीका पूर्व सांसद उमा विश्वकर्मा एमालेमा प्रवेश

माओवादीका पूर्व सांसद उमा विश्वकर्मा एमालेमा प्रवेश



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । पूर्वसांसद समेत रहेकी विश्वकर्मा कपिलवस्तु निवासी हुन् ।

विश्वकर्मालाई मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । विश्वकर्मा पार्टी प्रवेश गरेसँगै कपिलवस्तु एमाले पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको ओलीकाे भनाइ छ ।