माओवादीले काठमाडौंमा प्रदर्शन गर्न लागेको होइन : प्रधानमन्त्री प्रचण्ड

माओवादीले काठमाडौंमा प्रदर्शन गर्न लागेको होइन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने तयारी नगरेको प्रष्टाएका छन् ।

नेकपा एमालेले बुधबार च्यासलमा गरेको चियापान समारोहमा सहभागी भएका दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै काठमाडौंमा माओवादीले प्रदर्शन गर्न खोजेको भन्दै भइरहेका प्रचारमा सत्यता नभएको बताए ।

‘मंसिर २२ गते प्रदर्शन गर्न लागिएको होइन । मिडियाले गलत ढंगले प्रचार गरेको छ,’ दाहालले भने, ‘देशैभरि वडास्तरमा जनपरिचालनको कार्यक्रम चलिरहेको छ। त्यही जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै ठाउँमा जनपरिचालन गर्न खोजेको हो । त्यो कुनै प्रदर्शन र कसैका विरूद्ध होइन ।’

माओवादीले गत सोमबार अन्तरपार्टी सर्कुलर जारी गर्दै जनप्रदर्शन गर्ने उल्लेख गरेको थियो ।