काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएका थिए । आफ्नो पालो आएपछि उभिएका सांसद गौतमले केही नबोली उभिए मात्रै ।
मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने पनि उनले आफ्नो मौन धारण कायम राखे ।
सांसद गौतम मौन उभिइरहेपछि विभिन्न दलका केही सांसदहरूले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए ।
शून्य समयमा पाएको एक मिनेटमा गौतम नबोलेपछि सभामुखले अर्का सांसदलाई बोल्न पालो दिए ।


प्रतिक्रिया