रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)



काठमाडौं । योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए ।

त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सुनुवाइ गर्दै शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गरिदिएको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ ।

पूर्ण इजलासले रिगललाई तत्काल पक्राउ गर्ने आदेश पनि जारी गरेको छ ।

यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह समेत गरिएको छ ।

पूर्णपाठ :